
२३ फागुन २०७६, काठमाडौं
प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस (कोभिड – १९) बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस हुने भएको छ।
कांग्रेस सांसद गगनकुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्न लागेका हुन्।
सांसद थापाले दर्ता गर्ने सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन्।
प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ। संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा पनि यो कुरा उल्लेख छ।






