भारतद्वारा अत्यावश्यक औषधिको सूची माग



२२ फागुन २०७६, काठमाडौं

भारतले नेपालसँग अत्यावश्यक अ‍ैषधिको सूची माग गरेको छ।

नेपालको आग्रहको जवाफमा भारतले अत्यावश्यक औषधिहरुको सूची माग गरेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि पुष्टि गरेका हुन्।

बिहीबार (आज) काठमाडौंमा बसेको कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले अत्यावश्यक औषधिको माग गरेमा भारतले नेपाल सरकारलाई आपूर्ति गर्ने खबर पठाएको बताएका छन्।

उनले औषधिको अभाव नहुने प्रतिबद्धता पनि जनाएका छन्। भारतले मंगलबार मात्र २६ वटा अत्यावश्यक औषधिहरुको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो। जसमा पारासिटामोललगायतका अत्यावश्यक औषधि समेत थिए।

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै २६ वटा औषधिमा रोक लगाउने निर्णय गरेको थियो। उक्त निर्णयपछि ती औषधिको निर्यात गर्नका लागि सरकारको इजाजत लिनुपर्ने भएको छ।

औषधि निर्यात नरोक्‍न भारतलाई नेपालको आग्रह भारतका तर्फबाट त्यस्तो निर्णय आएलगत्तै नै पुनर्विचार गर्न नेपालले पहल थालेको हो। स्रोतका अनुसार भारतसमक्ष निर्यात खुला गर्न अनौपचारिक रुपमा अनुरोध भइसकेको छ। नेपालबाट गरिएको त्यस्तो आग्रहलाई भारतीय विदेश मन्त्रालयले सकारात्मक लिएको बुझिएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्