
२२ फागुन २०७६, काठमाडौं
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख टेड्रोस एडहानोमले नोभेल कोरोना भाइरस हुँदैन भनेर सोच्नु घातक गल्ती भएको बताएका छन्।
उनले कुनै पनि मुलुकले कोभिड–१९ हुँदैन भन्ने अनुमान गर्नु र धनी मुलुकहरुले आफू सुरक्षित हुन्छु भनेर सोच्नु आश्चार्यको अपेक्षा गरेजस्तो भएको बताएका छन्।
उनले भनेः कुनै पनि मुलुकले कोरोनाको संक्रमण हुँदैन भन्ने अनुमान गरेमा त्यो घातक गल्ती हुनेछ। र म यो पनि भन्छु कि यदि इटालीको उदाहरण लियौं, जुन जी ७ को सदस्य राष्ट्र हो।
त्यहाँ देखिएको कोरोना संक्रमण वास्तवमै आश्चार्यजनक तरिकाले भएको छ।
टेड्रोसले इरानी, इटाली र दक्षिण कोरियाको महामारी पोइन्ट भएको बताएका छन्। दक्षिण कोरियामा शुक्रबार दिउँसो सम्म ५४७ जनामा संक्रमण भएको थियो भने १३ जनाको मृत्यु भइसकेको छ।
विश्वभर २८ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब ८२ हजार संक्रमित भएका छन्।
त्यसैगरी विश्व स्वास्थ्य संगठनको आपतकाल योजनाका प्रमुखले चीन बाहिर सबभन्दा बढी मानिसको मृत्यु भएको इरानमा सार्वजनिक गरिएको भन्दा धेरै मानिसको मृत्यु भएको बताएका छन्।
उनले आगामी जुलाईमा हुने जापान ओलम्पिक के हुने भन्ने विषयमा पनि आयोजकसँग कुरा छलफल भइरहेको बताएका छन्।





