
२२ फागुन २०७६, काठमाडौं
उत्तर कोरियाका शासक किम जोङ उनले आफ्नो देशमा पहिलो पटक फेला परेका कोरोना भाइरसबाट संक्रमितलाई मृत्युदण्डको सजाय तोकेका छन्।
उनले कोरोना भाइरसबाट संक्रमित आफ्नो देशका नागरिकलाई गोली हान्ने आदेश दिएका हुन्।
इन्टरनेसनल बिजनेस टाइम्सले उत्तर कोरियामा कोरोना भाइरस संक्रमित विरामी फेला परेपश्चात् किमले संक्रमण फैलिन नदिन गोली हान्ने आदेश दिएको हो।
ती संक्रमित चीनबाट फर्किएका व्यापारी रहेको बताइएको छ।
तर, उत्तर कोरियाले जारी गरेको एक आधिकारिक बयानमा कोरोना भाइरस संक्रमित बिरामी फेला नपरेको र परिस्थितिसँग सामना गर्न तयारी रहेको दाबी गरिएको छ।





