कोरोना संक्रमणको आशंकामा भर्ना भएका एक नेपाली अस्पतालबाट भागे



२२ फागुन २०७६, काठमाडौं

कोराना संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका एक जना बिरामी भागेका छन्।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका एक विशेषज्ञका अनुसार कोरियाबाट आएका ति नेपाली बुधबार उनी अस्पताल भर्ना भएका थिए।

ती व्यक्ति अझै सम्पर्कमा आएका छैनन्। प्रहरीको सहयोगमा उनको खोजी भइरहेको अस्पताल स्रोतल जानकारी दियो।

अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपश्चात् भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए।

तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको थियो। बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ।

हाल टेकुमा ४ जना कोरोना संक्रमणको शंकामा भर्ना भएका छन् ।

प्रतिक्रिया दिनुहोस्