
२२ फागुन २०७६, काठमाडौं
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोविड) १९– को भ्याक्सिन चिनियाँ सेनाले बनाएको छ।
७० भन्दा बढी देशमा फैलिएको कोरोनाले विश्वलाई नै आतंकित बनाइरहेको बेला चिनियाँ सेनाको मेजर जनरलको टीमले उक्त भ्याक्सिन बनाएको हो।
चिनियाँ सेना, पीपुल्स लिबरेशन आर्मी मेडिकल विशेषज्ञ शेन वेईको नेतृत्वमा एक महिनादेखि वुहानमा भ्याक्सिन बनाउने काम थालेको थियो। शेनको टीमले कोरोना विरुद्धको खोपको ‘क्लिनकल एप्लीकेशन’ बनाउन सफलता प्राप्त गरेको हो।
‘यो महामारीको रोकथाम र नियन्त्रण नभएसम्म कोरोनाको संक्रमण रोकिने छैन्,’ शेनले भनिन्, ‘हामीलाई चाहिएको कुरा के हो भने– वैज्ञानिकहरुको एक शक्तिशाली नेतृत्व प्रणाली।
ताकि तिनीहरूले विशिष्ट प्रकारका भाइरस र कीटाणुहरूको अध्ययन गर्न र अनुसन्धान गर्न सकून।’ मेजर जनरल चीनको सबैभन्दा चिनिएको जैव रासायनिक विशेषज्ञ टोली हो।
उनीहरुले हुबेई प्रान्तको केन्द्रीय चिनियाँ वुहान सहरमा निमोनियाजस्ता हजारौं मानिसलाई बिरामी पारेको अज्ञात भाइरस बुझ्नको लागि प्रयास गरिरहेका छन्।
चीनको मिलिट्री मेडिकल साइन्स एकेडेमीलाई खतरनाक भाइरसविरुद्धको कीट, औषधि र खोप बनाउने काममा सफलता मिलेको उदाहरण छ।
यो एकेडेमीमा २६ विशेषज्ञ, ५० भन्दा धेरै वैज्ञानिक र ५०० भन्दा बढी अनुसन्धानकर्ता छन्। चीनले दाबी गरेको छ कि चाँडै यो खोप उपलब्ध हुनेछ र कोरोनाको आतंक अन्त्य हुनेछ।





