‘कोरोना भाइरससँग लड्नु छ भने, खुशी हुनुपर्छ’ [भिडिओ सहित]



२१ फागुन २०७६, काठमाडौं

डा. योगी विकाशानन्दले कोरोना भाइरस (कोभिड १९)सँग लड्नु छ भने, खुशी हुनुपर्ने बताएका छन्।

युवा दार्शनिक तथा नेपाल मनोक्रान्ति योगका द्रष्टा एवं अगुवासमेत रहेका विकाशानन्दले आफ्ना अनुयायीहरुलाई प्रवचन दिँदै कोरोनासँग लड्नु छ भने, खुशी हुनुपर्ने बताएका हुन्।

खुशीले मानिसमा इम्यून् पावर [रोग प्रतिरोधात्मक शक्ति] वृद्धि गराउने बताउँदै विकाशानन्दले इम्यून् पावर भएको व्यक्तिलाई कुनै पनि भाइरसले आक्रमण गर्न नसक्ने बताएका हुन्।

“तपाईँ खुशी भएर बाँच्नुपर्छ। बाहिरी संसारमा र तपाईँ आफैँभित्र तपाईँ स्वयंले खुशी खोज्नुपर्छ।” उनले प्रवचनमा भनेका छन्, ‘तपाईँ आफैँ नै खुशी हुनुभयो भने, यसभन्दा अगाडि आएका र अब आउने कुनै पनि भाइरसले भेट्दैन।’

यस्तै सन् १९८३ मा एचआइभी एड्सको शिकार बनेका र अझैसम्म जीवितै रहेका विश्वविख्यात खेलाडी म्याजिक जोन्सनको उदाहारण दिँदै विकाशानन्दले व्यक्तिसँग इम्यून् पावर भए कोरोना मात्रै नभएर संसारको कुनै पनि भाइरसले आक्रमण गर्न नसक्ने बताएका हुन्।

भिडिओ हेर्नुस्ः

प्रतिक्रिया दिनुहोस्