प्रधानमन्त्रीलाई शल्यकक्षबाट पोष्ट अपको आइसीयूमा सारियो



२१ फागुन २०७६, काठमाडौं

मृगौला प्रत्यारोपण सफल भएपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यकक्षबाट पोष्ट अपरेटिभ वार्डमा रहेको आइसीयुमा सारिएको छ।

प्रधानमन्त्री ओलीभन्दा केही समयअघि उनलाई मृगौला दान गर्ने भान्जी समीक्षा संग्रौला ज्ञवालीलाई पनि सोही वार्डमा सारिएको थियो।

प्रत्यारोपण गरिएको मृगौलाले प्रधानमन्त्रीको शरिरमा काम गरिरहेको चिकित्सकहरुले बताएका छन्।

प्रत्यारोपण गरिएको १५ मिनेटपश्चात् उक्त मृगौलाबाट ५ सय एमएल पिसाब पास भएको थियो।

चिकित्सकहरुले प्रधानमन्त्री ओली र दाता समीक्षालाई विशेष निगरानीमा राखिएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्