प्रधानमन्त्रीमा मिर्गौला प्रत्यारोपण सफल, मिर्गौलाले काम गर्न थाल्यो



२१ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको शरीर प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न थालेको छ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्गाका अनुसार प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न शुरु गरेको छ।

“प्रधानमन्त्री ओलीमा प्रत्यारोपणको काम सकिएको छ।” डा. खड्गाले भने, ‘प्रत्यारोपण गरेको १५ मिनेटपछि ५ सय एमएल पिसाब पनि फेर्नुभएको छ।’

प्रतिक्रिया दिनुहोस्