प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण सुरु, शुभेच्छुकले भरियो अस्पताल



२१ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मृगौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शुरु गरिएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शल्यक्रिया कक्षमा लगिएको छ।

मृगौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ। अस्पतालका प्रा. डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मृगौला प्रत्यारोपण शुरु गरेका हुन्।

मृगौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए। उनलाई उनकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मृगौला दान गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्