कोरोना भाइरस संक्रमितलाई धमाधम गोली हानी हत्या गरिदै



२१ फागुन २०७६, काठमाडौं

चीनको छिमेकी मुलुक उत्तर कोरियामा कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइएको छ।

उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि संक्रमित नभेटिएको दाबी गरेका छन्।

तर केही सञ्चारमाध्यमले चीन निकट विज्ञको हवाला दिँदै उत्तर कोरियामा एक संक्रमित भेटिएको बताएका छन्।

तर तिनलाई गोली हानी हत्या गरेको बताइएको छ। उत्तर कोरियाली अधिकारीहरुले भने एक सय ४१ जनामा संक्रमण परीक्षण गरेको तर कसैमा पनि संक्रमण नभेटिएको बताउँदै आएका छन्।

उत्तर कोरियाले पछिल्लो समय चीनसँगको सीमा बन्द गर्नुका साथै उच्च सतर्कता अपनाएको छ।

केही दक्षिण कोरियाली मिडियाले चीनसँग जोडिएका उत्तर कोरियाली सहरमा संक्रमित भेटिएको जनाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्