साउदीबाट आएका एक नेपालीमा कोरोनाको आशंका, विमानस्थल हेल्थ डेस्कले पठायो टेकु



२१ फागुन २०७६, काठमाडौं

कोरोनाको आशंकामा एयरपोर्ट हेल्थ डेस्कले साउदी अरबबाट स्वदेश फर्किएका एक नेपालीमा कोरोनाको आशंका गर्दै त्रिभुवन विमानस्थल हेल्थ डेस्कले टेकु अस्पताल रिफर गरेको छ।

गयराती ९ बजे साउदीबाट आएका एक जना नेपाली पुरुषको विमानस्थल हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले इन्फाइराइड थर्मामिटरबाट जाँच गर्दा १०० डिग्री भन्दा बढी तामक्रम देखिएको थियो।

‘हिजो राती ९ बजे तिर साउदीबाट स्वदेश फर्केका एक जना नेपालीमा १०० डिग्री बढी तापक्रम देखियो।

त्यसपश्चात् हामीले तत्काल नेपाल एम्बुलेन्स सर्भिसेजको एम्बुलेन्स प्रयोग गरी आइसोलेसनका लागि टेकु अस्पताल पठाईयो,’ हेल्थ डेस्क संयोजक गोपाल पाण्डेले भने।

त्यसो त एयरपोर्ट हेल्थ डेस्कले मंगलबार (हिजो) मात्रै कुवेत र कतारबाट आएका थप दुई जनामा कोरोना आशंका गर्दै टेकु अस्पताल रिफर गरेको थियो।

पछिल्लो समय मध्यपूर्वका विभिन्न देशमा कोरोनाको संक्रमण देखिएको छ। ती देशमा लाखौँ नेपाली रोजगारीका लागि पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्