कोरोना भाइरससँग लड्ने क्षमता कसरी बढाउने?



२० फागुन २०७६, काठमाडौं

-पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं। हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ।

-नियमित व्यायाम, योग, हाइकिंग गरौँ। खेल खेल्ने बानी बसालौं।

-घाममा बसौं।

-नियमित अनुलोम विलोम गरौँ। यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ।

-चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं।

-बिहान–बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौँ।

-लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानो जस्ता मसला राखेको खाना खाने गरौँ।

-भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ।

-पर्याप्त मात्रामा सुतौं।

-पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ।

-मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ।

-दिल खोलेर हाँस्ने गरौँ।

-नियमित चिया र कफी (दुध चिनी नहालेको) सेवन गरौँ।

-ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ।

-सरसफाइमा अल्छी नगरौं।

प्रतिक्रिया दिनुहोस्