बलात्कारपछि रुखमा झुण्ड्याएर हत्या गर्ने विद्यार्थी पक्राउ



२० फागुन २०७६, काठमाडौं

भारतको असम विश्वनाथ जिल्लामा एक किशोरीलाई सामूहिक बलात्कारपश्चात् रूखमा झुण्ड्याएर हत्या गर्ने सात विद्यार्थी पक्राउ परेका छन्।

शुक्रबार भएको घटनामा उनीहरुले १२ वर्षदेखिको सहपाठीलाई हाइस्कुलको परीक्षा सकिएपश्चात् पार्टीको बाहनामा घरमा बोलाएर सामूहिक बलात्कार गरेका थिए।

प्रहरीका अनुसार घटना लुकाउन नजिकैको जंगलको रूखमा झुण्ड्याएर विद्यार्थीहरु भागेका थिए। किशोरीको शव शनिबार जंगलबाट उठाइएको थियो।

पोस्टमार्टम रिपोर्टले किशोरीको सामूहिक बलात्कारको पुष्टि गरेको छ। प्रहरीले सबै आरोपीलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्