प्रधानमन्त्री ओलीको डायलाइसिस गराइयो, राति १० बजेपछि खाली पेट बस्ने



२० फागुन २०७६, काठमाडौं

मृगौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) भर्ना भएका प्रधानमन्त्री ओलीको (आज) मगलबार डायलाइसिस गरिएको छ।

टिचिङ अस्पतालका निर्देशक डाक्टर प्रेम कृष्ण खड्गाका अनुसार आज बिहान साढे ९ बजे प्रधानमन्त्री ओलीको डायलाइसिस गराइएको हो।

मृगौला प्रत्यारोपण गर्नुभन्दा अघि रगतमा हुने टक्सिनहरु निकाल्न ‘प्रि ट्रान्सप्लान्ट’ डायलाइसिस गरिएको हो।

प्रधानमन्त्री ओलीको भोलि (बुधबार) मृगौला प्रत्यारोपण गर्नका लागि टिचिङको नेफ्रोलोजी विभागमा हिजो ९सोमबार० नै भर्ना गरिएको थियो।

तर, प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण कुन समयदेखि शुरु गर्ने भनेर अझै टुंगिन बाँकी नै छ।

कतिबेलादेखि प्रत्यारोपणका लागि अप्रेसन शुरु गर्ने भनेर अहिले निश्चित भएको छैन।

त्यसका लागि आज ४ बजे अस्पतालका सर्जन लगायत प्रधानमन्त्रीको उपचारमा खटिने सबै चिकित्सकको छलफल राखेका छौं,’ डा खड्गाले भने, ‘त्यहि छलफलपछि नै कुन समयदेखि शल्यक्रिया शुरु गर्ने भन्ने टुंगो लाग्छ।’

भोलीको शल्यक्रियाको तयारीका लागि प्रधानमन्त्री ओली आज राति १० बजेदेखि केही पनि नखाइ बस्ने खड्गाले बताए।

प्रतिक्रिया दिनुहोस्