अस्पताल जानुअघि प्रधानमन्त्री ओलीको तस्वीरः सबैलाई बनायो भावुक(फोटोफिचर)



२० फागुन २०७६, काठमाडौं

पुनः मृगौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

उनी सोमबार साँझ अस्पताल पुगेका हुन् र, बुधबार मृगौला प्रत्यारोपण गर्ने तयारी छ।

आफ्ना ९० बर्षीय बुबाको आशीर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका छन्।

यसअघि दिल्लीमा मृर्गौला प्रत्यारोपण गरेका ओलीले दोस्रो प्रत्यारोपण भने स्वदेशमै गर्ने इच्छा जनाएपश्चात् सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन्।

प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मृगौला दिन लागेकी हुन्।

ओलीलाई मृगौला दाता समीक्षाको समेत स्वास्थ्य परीक्षण भइसकेको छ।

तस्वीरः प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फुसबुकबाट साभार

प्रतिक्रिया दिनुहोस्