
२० फागुन २०७६, काठमाडौं
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा हालसम्म ६ जनाको मृत्यु भएको छ।
वासिंटन राज्यको किङकाउन्टीमा ५ जना र स्नोहोमि काउन्टीमा १ जनाको मृत्यु भएको हो।
अमेरिकामा हालसम्म ९६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन्।
उपचार भइरहेका ७ जनाको अवस्था गम्भीर रहेको छ भने ९ जनाको सफल उपचार गरिएको जनाइएको छ।





