कोरोना संक्रमित व्यक्ति लुकाएको भन्दै कोरियाका धार्मिक नेतामाथि छानबिन सुरु



१९ फागुन २०७६, कानठमाडौं

दक्षिण कोरियाली सरकारले चर्चका पादरीहरुले घटना लुकाउँदा कोरोनाको संक्रमण फैलिएको भन्दै छानबिन सुरु गरेको छ।

सिन्छन्जी चर्चले सङ्क्रमित व्यक्तिको नाम नाम लुकाएपश्चात् कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको बीबीसीले जनाएको हो।

आफूलाई जीसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका पादरी म्यान हिका भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्याउने विश्वास गर्दै भाइरस सङक्रमण सारेको कोरिया सरकारको आरोप छ।

राजधानी सियोलको स्थानीय सरकारले चर्चका संस्थापक म्यान ही र अरु ११ जनामाथि अनुसन्धान थाल्न निर्देशन दिएको बीबीसीले जनाएको छ।

अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणबाट २२ जनाको ज्यान गएको छ भने ३ हजार ७ सय ३६ जनामा संक्रमण भएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्