अभिनेत्री खड्काले थालिन् क्यान्सर अस्पताल निर्माण



१९ फागुन २०७६, काठमाडौं

गोदावरीमा क्यान्सर हस्पिटल अभिनेत्री श्वेता खड्काको नेतृत्वमा बन्ने भएको छ। स्वेताका श्रीमान् अर्थात् नायक श्रीकृष्ण श्रेष्ठको क्यान्सरकै कारण मृत्यु भएको थियो।

विवाह भएको केहीदिन नपुग्दै क्यान्सरले श्रीमान् गुमाउनुको पीडा कस्तो हुँदो हो त्यो श्वेतालाई जति कसैलाई थाहा होला।

श्रीकृष्णको मात्र होइन स्वेताका भिनाजुको पनि क्यान्सरकै कारण मृत्यु भएको थियो। यसरी क्यान्सरले परिवारबाट एकपछि अर्को खुसी खोसिदिँदा श्वेतालाई निकै ठुलो आघात परेको थियो।

त्यसयता उनी सामाजिक काममा आफूलाई निकै व्यस्त राखिरहेकी छिन्। यसैबीच आफुलाई जस्तो पीडा अरूलाई नपरोस् र कसैले उपचार नपाएर मृत्युवरण गर्न नपरोस् भन्ने सोच बनाएर क्यान्सर हस्पिटल निर्माणमा जुटेकी छन्।

उनी क्यान्सरको लागि काम गरिरहेका केही टिमसँग सहकार्य गरेर यसमा लागि परेकी हुन्। हस्पिटलको भवन निर्माणको शिलान्यास सोमवार गरिएको छ।

प्रतिक्रिया दिनुहोस्