होलीमा कोरोनाको त्रासः पानीमा नभिज्न, रङ्ग र भिडभाडमा नजान डाक्टरको सुझाव



१९ फागुन २०७६, काठमाडौं

कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन्।

पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिनु पर्नै सम्बन्धित डाक्टर सुझाव रहेको छ।

कोरोनाको भाइरसको सङ्क्रमणबाट जोगिन विशेषगरि व्यक्ति आफैँ पनि सचेत हुनुपर्ने हुन्छ।

होली पर्वमा एक अर्कालाई अबिर र रङ्ग लगाउँदा वा पानी खेल्दा मानिस मानिसबीचको दूरी नजिक हुने हुँदा रुघोखोकी सर्ने सम्भावना धेरै हुन्छ।

यस्तै, हाछ्यूँ गर्दा थुक उछिटेर अरु व्यक्तिमा पनि सर्ने खतरा हुने डाक्टरहरु बताउँछन्।

भिडभाड, मानिसको बाक्लो उपस्थितिए भएको ठाउँमा नजान पनि डाक्टरको सुझाव छ। यस्तै, अहिले कोरोनाको उच्च जोखिम रहेकाले सकेसम्म समूहमा नहिँड्न र समूहमा नबस्न पनि डाक्टरको आग्रह छ।

डाक्टरहरु अनुसार सङ्क्रमण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने र होलीमा धेरै पानी खेल्नुहुँदैन।

प्रतिक्रिया दिनुहोस्