१९ फागुन २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस) नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारलाई सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
अधिवक्ता पूर्ण राजवंशीले आइतबार (हिजा) कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्नको लागि सरकारका नाममा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीले सरकारको नाममा अन्तरिम आदेश जारी गरेका हुन्।
सर्वोच्चअदालतले भाइरस नियन्त्रणका लागि आवश्यक सबै पहलकदमी लिन सरकारलाई आदेश दिएको छ।
यसअघि सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ गठन गरेको छ।
फाइल तस्वीर