के नेपालमा कोरोना भाइरस भित्रिएकै हो?



१९ फागुन २०७६, काठमाडौं

चीन र दक्षिण कोरियाबाट फर्केका दुई नेपाली कोरोना भाइरसको सं‌क्रमण आशंकामा अस्पताल भर्ना भएका छन्।

उनीहरुलाई टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ।

भर्ना भएका नेपालीमध्ये एक जना चीनबाट र अर्का दक्षिण कोरियाबाट फर्केका व्यक्ति भएका प्रवक्ता अनुप बास्तोलाले बताए।

‘दक्षिण कोरियाबाट फर्केको व्यक्तिलाई आइसोलेसन वार्डमा राखिएको यो पहिलो केस हो’ प्रवक्ता बास्तोलाले भने,

‘उहाँहरु कोरोना प्रभावित देशबाट आएको र ज्वरो आएको भन्दै आएपछि हामीले आइसोलेसनमा राखेर चेक जाँच गर्न खोजेका हौं।’

प्रवक्ता बास्तोलाको अनुसार अस्पतालमा राखिएका दुई जना पुरुष हुन्। उनीहरुलाई विमानस्थलबाट शंका गरेर अस्पताल पठाइएको होइन।

उनीहरू घरमै बस्दा ज्वरो आएपश्चात् अस्पतालको सम्पर्कमा आएका बास्तोलाले बताए।

उनले भने, ‘नमुना संकलन गरेर ल्याबमा पठाइसकेका छौँ, भोलिसम्ममा रिपोर्ट आउँछ।’ दुई महिनाअघि चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका ६० भन्दा बढी देशमा फैलिइसकेको छ।

टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा को रोनाको आशंकामा आइतबार साँझ थप दुई जनालाई भर्ना गरिएको छ।

योसँगै आइतबार भर्ना भएका बिरामीको सङख्या चार पुगेको छ।

प्रतिक्रिया दिनुहोस्