प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण



१९ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले फागुन १५ गते भनेका थिए, म केही दिनमै मृगौला प्रत्यारोपण गर्दैछु । पाँच दिन अस्पताल बस्छु । छ दिनदेखि घर फर्किएर फेरि काममा लाग्नेछु ।

उनले त्यसको तीन दिनमै प्रत्यारोपणको मिति अप्रत्याशित रुपमा तय गरेका छनु । ओलीको मृगौला प्रत्यारोपण दोस्रो पटक बुधबार त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा हुने भएको छ । उनी आज अस्पताल भर्ना हुँदैछन ।

आजको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा दिनेश गौतम र रामकृष्ण अधिकारीको समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्