
१८ फागुन २०७६, काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपन वुधबार गरिने भएको छ। उनको यो दोस्रो पटक मृगौला प्रत्यारोपण हो।
उनको मृगौला प्रत्यारोपन त्रिवि शिक्षण अस्पतालमै हुनेछ भने प्रधानमन्त्री आली भोलीनै अस्पतालमा भर्ना पनि हुनेछन्।
आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले आफ्नो उपचार योजनाबारे सुनाएका थिए।
१२ बर्ष अघि भारतको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओलीको गतवर्ष देखि नै मृगौलामा समस्या देखिएको थियो।





