
१८ फागुन २०७६, काठमाडौँ
सोलुखुम्बुको तुईनटारबाट आफ्नै घरमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार साँझ करिब ६ः१५ बजे मादकपदार्थ सेवन गरि आफ्नै घरमा आगो लगाउने नेचासल्यान गाउँपालिका ४ तुईनटारका ४० बर्षिय असिम राईलाई प्रहरीले पक्राउ गरेको हो।
राईले मादकपदार्थ सेवन गरि आफू सुत्ने कोठामा रहेको कपडामा आगो सल्काएका थिए।
आगो लगाएको परिवारको सदस्यले थाहा पाएपश्चात् स्थानीयको सहयोगमा करिब १० मिनेटपछि आगो नियन्त्रणमा लिइएको थियो।
भुकम्पपश्चात् बनाएको घरमा बस्दै आएका राई परिवारको केही लत्ताकपडामा बाहेक अन्य क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





