होशियार! नेपालमा पनि कारोनोको जोखिमः डब्लुएचओ



१८ फागुन २०७६, काठमाडौँ

अहिलेसम्म नेपालमा कोरोनो भाइरस दखिएको छैन। तर, देखिदैन भनेर ढुक्क भने कदापी नबस्नुहोस्।

यो भाइरस कुनै पनि बेला देखिन सक्छ। जसकारण सबैले सावधानी अपनाउनु पर्दछ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाल, भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान पाँच देश कोरोनाको उच्च जोखिममा रहेको घोषणा गरेको छ।

गत साता अघि चीनमा मात्र सीमित कोरोना विश्वव्यापी बनेकाले विश्व स्वास्थ्य संगठनले सबै मुलुकलाई सावधानीका लागि अपिल गरेको हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार ‘कुनै देशले कोरोना भित्रिँदैन भनेर बसे गम्भीर गल्ती हने र सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नुपर्दछ।’

डब्लुएचओका अनुसार चीन भन्दा अन्य देशहरुमा कोरोना चाँडो फैलिरहेको जनाएको छ। ब्राजिल, जर्जिया, ग्रिस, उत्तर म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा पनि कोरोना देखा परेको छ।

ती मुलुकहरुमा कोरोना फैलिएपछि नेपालमा पनि कुनै पनि बेला देखा पर्ने खतरालाई इन्कार गर्न सकिन्न।

कोरोना देखिँदैन भनेर बसे घातक हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी छ।

नेपालमा कोरोना भित्रन नदिन तथा भित्रिएको अवस्थामा पनि फैलन नदिन अरु के गर्ने?

-कोरोनाबाट बच्ने एक सुरक्षित उपाय भनेको मास्क लगाउने हो। त्यसैले सबैले मास्क लगाउन थालौं।

-साबुन पानीले राम्रोसँग हात धुन थालौं।

-हात मिलाउने र हग गर्ने चलन हटाऔं।

आजैबाट भनौं– म पनि हात मिलाउँदिन, तपाईं पनि नमिलाउनुहोस् । म पनि हग गर्दिन, तपाईं पनि नगर्नुहोस् ।

हग गर्न र हात मिलाउन अस्वीकार गरौं । कोरोनाबाट बचौं ।

प्रतिक्रिया दिनुहोस्