कोरियामा कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २ हजार ३३७ पुग्यो



१६ फागुन २०७६, काठमाडौं

दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित व्यक्तिको सङ्ख्या २ हजार ३३७ जना पुगेको छ।

यस भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको समाचारमा जनाइएको हो।

दक्षिण कोरियाको कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन केन्द्रको स्थानीय समयानुसार बिहानको १० र अपराह्न ५ बजे दुई पटक यस रोगको सङ्क्रमित र मृतकको सङख्यालाई अपडेट गराउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्