इरानको उपराष्ट्रपतिलाई पनि कोरोनाको संक्रमण



१६ फागुन २०७६, काठमाडौं

इरानका उपराष्ट्रपति मासूमेह एब्टेकरमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

इरानमा कोरोना भाइरसबाट संक्रमित हुने उनी उच्च अधिकारी हुन्।

यसअघि उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई कोरोना भाइरस देखिएको थियो।

इरानमा राष्ट्रपति रुहानीको अध्यक्षतामा क्याविनेट बैठक बसेको एक दिनपश्चात् विहिबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको न्युयोर्क टाइम्सले जनाएको छ।

उपराष्ट्रपति एब्टेकर वरीयतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुन्। इरानमा ४ उपराष्ट्रपति छन्।

मंगलबारको बैठकमा उपराष्ट्रपति एब्टेकर राष्ट्रपतिको छेउमै बसेकी थिइन्।

उपराष्ट्रपति एब्टेकरलाई घरमै क्वारेन्टाइनमा राखिएको उनका सहयोगीले बताएका छन्।

इरानमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ भने २४५ भन्दा बढीमा संक्रमण देखिएको छ।

प्रतिक्रिया दिनुहोस्