स्वास्थ्य मन्त्रालयले एघारौँ तहमा बढुवाको लागि ३ जना डाक्टर सिफारिस



१६ फागुन २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले तीन जना डाक्टरलाई एघारौँ तहमा बढुवाका लागि सिफारिस गरेको छ।

बढुवाका लागि सिफारिसमा पर्नेहरुमा डा. पिताम्बर सुवेदी, डा. रामपुकार शाह र डा. अभय पोखरेल रहेका छन्।

उनीहरुमध्ये डा. सुवेदीलाई प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन पदमा, डा. शाह र डा. पोखरेललाई प्रमुख कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट पदमा बढुवाका लागि सिफारिस गरिएको हो।

बढुवा समितिको गत १४ फागुनमा बसेको बैठकले उनीहरुलाई सिफारिस गर्ने निर्णय भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्