चलचित्र ‘आमा’ हेरेपछि आफ्नी आमालाई सम्झिएर रोए रवि



१५ फागुन २०७६, काठमाडौँ

यतिबेला चलचित्र आमा ले बजार तताइरहेको छ । चलचित्र हेर्ने अधिकांशले चलचित्र आमा एकपटक सबैले हेर्नैपर्ने चलचित्र रहेको बताइरहेका छन् । आमा ले समिक्षक बाट पनि उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

यस्तै हिजो राजधानीमा चलचित्र आमा को विशेष शो राखिएको थियो । जहाँ धेरै कलाकारहरु आमा हेर्न पुगेका थिए । यस्तै चलचित्र आमा हेर्न पुगेका बरिष्ठ कलाकार निर शाह ले आमा क्लासिकल चलचित्र रहेको बताए । उनले हरेक दर्शकले आमा चलचित्र हेर्न आवश्यक रहेको पनि बताए ।

यस्तै चलचित्र हेर्न पुगेका चर्चित सञ्चारकर्मी रवि लामिछाने हलबाट भावुक हुदैँ बाहिर निस्किए । रविले चलचित्र आमा मा देखाइएको घटना आफ्नो जीवनमा पनि घटेको बताए । उनी अमेरिकामा हुदाँ उनकी आमाको स्वर्गवास भएको थियो । चलचित्र हेरिरहँदा रविले आमालाई निकै सम्झिएका थिए । जसका कारण उनले आफ्नो आँशु थाम्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्