कोरियामा कोरोनाबाट मत्यु हुनेको संख्या पुग्यो १३, आज मात्रै १७१ जना नयाँ सङ्क्रमित



१५ फागुन २०७६, काठमाडौं

दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। जसमध्ये १ जना मंगोलियन नागरिक पनि रहेका छन।

कलेजो प्रत्यारोपणको लागि केही महिना अघि कोरिया आएका उनमा कोरोना सङ्क्रमण देखिएपश्चात् मृत्यु भएको हो।

सङ्क्रमितको सङ्ख्या आज बिहान ९ बजेसम्म कुल १५९५ जना पुगेको छ। हिजोको अन्तिम तथ्याङ्क अनुसार झण्डै २८४ बिरामी थपिएपश्चात् जम्मा सङ्क्रमितको सङख्या १२६१ थियो भने बिहिबार बिहान एकैचोटी ३३४ जना नयाँ सङ्क्रमित थपियपश्चात् १५९४ जना पुगेको थियो।

विहिबार बेलुकी ६ बजेसम्म पुन १७१ जना थपिएसंगै अहिलेसम्मको सङ्ख्या १७६६ पुगेको छ।

दैनिक सङ्क्रमितको सङख्या मध्य आजको सङख्या सबैभन्दा उच्च भएको केसिडीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्