एक सिपाहीले आफ्नै ४ सहकर्मीको हत्यापछि गरे आत्महत्या



१५ फागुन २०७६, काठमाडौं

नाइजेरियाली सेनाका एक सिपाहीले आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन्।

नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ।

सैनिक प्रवक्ता सागिर मुसाको भनाइलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्