प्रियंका कार्कीलाई जन्मदिन र वैवाहिक जीवनको धेरै–धेरै शुभकामना !



१५ फागुन २०७६, काठमाडौँ

नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराज जोशीसँग विवाह गरेकी छिन् । केहीदिन देखि भव्यरुपमा उनीहरुले विवाहको तयारी गरिरहेका थिए । उनीहरुले विवाहलाई यादगार बनाउन कुनैपनि कसर बाकीँ छोडेनन् ।

आज नायिका प्रियंका कार्कीको जन्मदिन पनि हो । जन्मदिनको दिन नै उनले आयुष्मानलाई आफ्नो जीवनसाथी बनाएकी छिन् । अर्को बर्षदेखि प्रियंकालाई २ विशेष दिनलाई एकैदिन मनाउनेछिन् ।

प्रियंका र आयुष्मानले आफ्नो विवाहको एक तस्बिर सामाजिक सञ्जालमा सेयर गरिसकेका छन् । जहाँ उनीहरुलाई निकै राम्रो देखिएको छ । प्रियंकालाई जन्मदिन र वैवाहिक जीवनको एकैपटक शुभकामना ।

प्रतिक्रिया दिनुहोस्