कोरोना भाइरसबाट बिरामी परेका ३२ हजार भन्दा बढी बिरामी निको भएर घर फर्किए



१५ फागुन २०७६, काठमाडौं

३२ हजार चार सयभन्दा बढि कोरोना भाइरस संक्रमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किएका छन्।

चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सको अनुसार विहिबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन्।

चिनिय राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रिपोर्ट अनुसार हिजो (वुधबार) मात्रै २ हजार ७ सय ५० जना पूर्णरुपमा निको भएर घर फर्किएका छन्।

डिस्चार्ज गरिएकालाई विदाई गर्दै अस्पताल, तस्वीर ग्लोबल टाइम्स हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार ७ सय ४४ पुगेको छ।

७८ हजार ४ सयभन्दा बढि कोरोना भाइरस सङ्क्रमित रहेको बताइएको छ। चीनभन्दा बाहिर पनि ५१ जनाको मृत्यु भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्