‘विद्यार्थी जीवनमा ख्याल गर्नुहोला’ : पल र पूजा



१५ फागुन २०७६, काठमाडौँ

पल शाह र पूजा शर्मा यतिबेला चलचित्र म यस्तो गीत गाउँछु २ को प्रमोशनमा व्यस्त छन् । चलचित्र म यस्तो गीत गाउँछु २ यहि फागुन ३० बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ ।

चलचित्रको प्रमोशनका लागि आज पल र पूजा राजधानीको ब्रिलियन्ट कलेजमा पुगेका थिए । उनीहरुले म यस्तो गीत गाउँछु २ को तिम्रो घरको वरिपरी बोलको गीतमा नृत्य गरे । यस्तै विद्यार्थी जिवनमा पढ्नसँगै मनोरञ्जन गर्न पनि आवश्यक रहेको उनीहरुले बताए ।

कार्यक्रममा बोल्दै पूजाले कलेज समयमा आफू निकै बदमास भएको तर सबैले आफ्नो भविष्य बनाउने समय यहि नै भएकाले राम्रोसँग पढ्न आवश्यक रहेको बताए । पलले पनि त्यस्तै तर्क दिए ।

पल र पूजालाई ब्रिलियन्ट कलेजमा भव्य स्वागत गरिएको थियो । केही विद्यार्थीले नृत्य प्रस्तुत गरेर उनीहरुलाई मनोरञ्जन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्