
१५ फागुन २०७६, काठमाडौं
गर्मीको तुलनामा चिसो मौसममा हृदयघात हुने सम्भावना प्रबल रहने भएकाले यस मौसममा मुटुका बिषयमा बढि सावधानी अपनाउनु पर्दछ।
चिसो मौसममा मुटुको नशा खुम्चिने र रक्तसञ्चार प्रवाहमा समस्या हुने भएकाले बिरामीका साथै आफन्तजन पनि सर्तक हुन जरुरी छ।
गर्मीमा भन्दा चिसो मौसममा रुचि बढ्ने, भोक जाग्ने भएकाले खानपनामा विशेष ख्याल गर्नुपर्दछ।
मुटुमा समस्या नहोस् भन्नलाई चिल्लो, पिरो, चिसो खानबाट सकेसम्म बच्नुपर्छ। अन्यथा मुटुमा असर पर्न सक्छ।
स्वस्थ्य मुटुका लागि मानिस पर्याप्त निदाउन आवश्यक छ। तसर्थ दैनिक कम्तीमा ७ घण्टा सुत्नु अनिवार्य हुन्छ।
यस मौसममा मर्निङ वाक जादाँ मुटुका बिरामीले बाक्लो कपडा लगाएर मात्रै जानु पर्दछ।
धेरै समयसम्म चिसोपानीमा काम गर्नाले पनि मुटुमा असर पर्ने हुन्छ।
मुटुको रक्तचाप, मधुमेह, कोलेस्ट्रोल कन्ट्रोल गर्नुपर्दछ। त्यसका लागि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ। र आवश्यकता अनुसार औषधीको सेवन गर्नुपर्छ।
मदिरा, धुम्रपान लगायतका कुलत त्याग्नु पर्दछ।
सकारात्मक सोच राख्ने र आत्मविश्वासी बन्ने र नियमित चिकित्सकको परामर्शमा रहने।





