
१५ फागुन २०७६, काठमाडौं
नेपाल स्वास्थ्य व्यवसायी परिषद र नेपाल फार्मेसी परिषदका नवनियुक्त रजिष्ट्रारले पदवहाली गरेका छन्।
नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालले बुधबार अपरान्ह बाँसबारीस्थित कार्यालय पुगेर पदवहाली गरेका हुन्।
यता फार्मेसी परिषद्का रजिष्ट्रार संजीव पाण्डेले विहीबार विहान विजुलीबजारस्थित कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन्।
पदवहालीका अवसरमा दुबैजना रजिष्ट्रारले सहज सेवा उपलव्ध गराउने आफूहरुको पहिलो प्राथमिकता रहेको बताएका थिए।
उनीहरुले आफ्ना परिषदमा देखिएका कमीकमजोरीलाई हटाउने र सुधारको प्रक्रिया थालनी गर्ने समेत प्रतिवद्धता जाहेर गरेका थिए ।





