कोरियामा कोरोनाको संक्रमण दर चीनकै गतिमा? संक्रमितको संख्या १५९५



१५ फागुन २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड – १९) को संक्रमण दक्षिण कोरियामा तिब्र गतिमा बढेको छ। विहीबार विहान सार्वजनिक भएको प्रतिवेदनले कोरियाको चीनलाई भेट्टाउने गतिमा फैलिन थालेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन्।

कोरिया सरकारको केन्द्रीय रोग नियन्त्रण महाशाखाले दिएको जानकारी बिहीबार विहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार बुधबार मात्रै थप ३३४ जना व्यक्तिमा कोभिड १९ को संक्रमण देखा परेको छ।

यो सहित कोरियामा कोभिड – १९ को संक्रमणमा पर्नेको संख्या १ हजार ५९५ पुगेको छ। जवकी चीनमा विहीबार विहान सार्वजनिक भएको प्रतिवेदनमा नयाँ संक्रमणको केश ४३३ मात्रै देखाएको छ। तर यो अघिल्लो दिनको तुलनामा २७ ले बढी हो।

मंगलबार चीनमा ४०६ जनामा मात्रै संक्रमण देखा परेको थियो।यता कोरियामा अहिलेसम्म यो भाइरसबाट १३ जनाको ज्यान गएको छ।

अधिकारीहरुले कुल संक्रमणको आधा भन्दा बढी केश इसाई आदिवासी बसोबास गर्ने डेईगु क्षेत्रमा भेटिएको बताएका छन्।

बुधबार देखिएको ३३४ मध्ये ३०७ केश डेईगु क्षेत्र जो राजधानी सिओल भन्दा करीब ३०० किलोमिटर टाढा दक्षिणपूर्र्वी भागमा देखिएको हो।

प्रतिक्रिया दिनुहोस्