
१५ फागुन २०७६, काठमाडौं
देशभरिका क्याम्पस बुधबारदेखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीविहीन भएका छन् ।
पछिल्लो पटक २०७३ सालमा स्ववियु निर्वाचन भएका केही म्याम्पसमा थपिएको एक वर्षसमेत गरी बुधबारबाट कार्यकाल सकिएको छ ।
अधिकांश क्याम्पसमा २०६५ सालयता स्ववियु निर्वाचन भएको छैन ।
त्रिविले १४ फागुनका लागि घोषणा गरेको स्ववियु विनर्वाचन नभएपछि अनिश्चित कालका लागि स्थगित गरेको थियो ।
नेविसंघले रेक्टर नियुक्ति गर्नुपर्नेलगायतका माग राखेपछि संगठनहरुबीचमा एकता हुन सकेको थिएन ।
स्ववियु निर्वाचनको घोषणा गरेपछि त्रिविले उपत्यकाका क्याम्पस प्रमुखहरुको भेला र विद्यार्थी संगठनहरुसँग छलफल गरेको थियो ।
यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।





