नेपालको नयाँ नक्सा तयार



१५ फागुन २०७६, काठमाडौं

सरकारले भारतद्वारा अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेकलगायतका नेपाली भूभाग समेटेर नयाँ नक्सा तयार पारेको छ ।

भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवरणमन्त्री पद्माकुमारी अर्यालले भारतद्वारा मिचिएका लिम्पियाधुरा, लिपुलेकलगायतका नेपाली भूमि समेटेर नयाँ नक्सा तयार पारिएको जानकारी दिइन ।

नेपालको हालको नक्सामा भारतद्वारा मिचिएका ति भूमिलाई समावेश नगरिएकाले नागरिकस्तरबाट सरकारको कडा आलोचना भएपछि सरकारले ति भूमि समेटेर नयाँ नक्सा तयार पारेको हो । लिम्पियाधुरा र लिपुलेकसहितको नयाँ नक्सा तयार शिर्षकमा आजको राजधानी राष्ट्रिय दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्