
१५ फागुन २०७६, काठमाडौं
नेकपा उपाध्यक्ष बामदेव गौतमको सत्ता मोहका कारण पार्टी भित्र आन्तरिक विवाद चर्किएको छ । गत निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने र नबनाउने पक्षमा नेकपा सचिवालय बिभाजित बनेको छ ।
अन्ततः संविधान संशोधनमार्फत राष्ट्रियसभाको सदस्य हुँदै प्रधानमन्त्री बन्ने गौतमको चाहना मात्र अधुरो बनेन, युवराज खतिवडाका ठाउँमा अर्थमन्त्री बन्ने सपना पनि पुरा भएन ।
पुनः खतिवडालाई नै राष्ट्रियसभाको सदस्य बनाउने अडानमा प्रधानमन्त्री ओली रहेपछि गौतमका सबै महत्वकांक्षा चकनाचुर भएका छन । गौतमको सपना खतिवडाको भागमा शिर्षकमा आजको नेपाल समाचारपत्र राष्ट्रिय दैनिकमा मधुसुदन रायमाझीको समाचार छापिएको छ ।





