
१४ फागुन २०७६, काठमाडौं
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले पोष्ट ग्राजुएट्स (पीजी) तहको अध्यापनका लागि तीन सिट दिने भएको छ।
आफ्नो निरीक्षण टोलीद्धारा स्थलगत अनुगमन गराएपचात् प्राप्त प्रतिवेदनको आधारमा कर्णालीलाई यसबर्ष तीन सिट दिने निस्कर्षमा आयोग पुगेको हो।
स्रोतका अनुसार यसपटक दिइने तीन वटै सिट एमडी इन जनरल प्राक्टिस (एमडीजीपी) विषयमा हुनेछ। प्राप्त सिटमा यसैबर्ष देखि अध्यापन शुरु हुनेछ।
यसअघि नेपाल मेडिकल काउन्सिलले गत असारमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडीजीपी विषयमा तीन सिट दिन सिफारिस गरेको थियो।
तर चिकित्सा शिक्षा आयोग १ असोजमा बसेको बैठकले पुन स्थलगत निरीक्षण गरेर सिट सम्वन्धी अन्तिम टुंगो लगाउने निर्णय गरेको थियो।
करीब दुई साता अघि प्राडा राजेशनाथ गंगोल नेतृत्वको टोलीले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर निरीक्षण गरेको थियो।





