कोरोनाको प्रकोपपछि हङकङका जनतालाई १० हजार डलर बाँढ्दै सरकार



१४ फागुन २०७६, काठमाडौं

आन्दोलनको चपेटाबाट निस्किन नपाउँदै कोरोनाभाइरस महामारीमा फसेका हङकङका जनतालाई सरकारले आर्थिक राहत दिने घोषणा गरेको छ।

सो राहत अन्तरगर्त अब १८ वर्षमाथिका प्रत्येक नागरिकले १० हजार हङकङ डलर ९१ हजार २०० अमेरिकी डलर ० पाउने छन्।

बुधबार बजेट भाषण गर्ने क्रममा अर्थ सचिव पाउल चान मो(पो विशम परिस्थितिले जनतालाई पर्ने आर्थिक भार कम गर्न यस्तो निर्णय लिइएको जानकारी दिए।

उनले सो कार्यका लागि १२० अर्व हङकङ डलर बजेट विनियोजन गरिएको समेत बताए। उनले यसैबाट कम्पनीहरूको ऋण तथा करको पूर्ण ग्यारेन्टीपनि लिने पनि बताएका छन्।

यस्तै नागरिकलाई सुविधा दिने क्रममा सरकारका तर्फबाट व्यक्तिले तिर्नुपर्ने, सरकारी दर र कम आम्दानी भएकाहरुको सार्वजनिक आवासको भाडामा समेत एक महिना छुट भएको घोषणा गरिएको छ।

हङकङका राजनीतिक दलहरूले यस्तो कठिन अवस्थामा सबै वयस्क बासिन्दाहरूलाई कम्तीमा १० हजार हङकङ डलर उपलव्ध गराउन सरकारसंग माग गरेका थिए। राहत प्याकेज गत वर्षको भन्दा दोब्बर बढी हो।

यसअघि, हङकङ सरकारले माध्यमिक विद्यालय, प्राथमिक विद्यालय र किन्डरगार्टेनमा अध्ययनरत प्रत्येक विद्यार्थीलाई ३ हजार ५ सय हङकङ डलर अनुदान दिने घोषणा गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्