प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऊँ : तामाङ



१४ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेकपा सांसद शेरबहादुर तामाङले कार्यकारी राष्ट्रपतीय प्रणाली अपनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद तामाङले नेपालको शासकीय स्वरुप महँगो भएको भन्दै जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने तर्क गरे ।

नेकपाले राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउन मिल्नेगरी संविधान संशोधनका लागि कार्यदल गठन गरेको विषयमा विवाद भइरहेका बेला पूर्वकानुनमन्त्रीसमेत रहेका तामाङको यस्तो धारणा आएको हो ।

उनले संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको प्रावधान राख्न प्रस्ताव गरेका हुन् ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जान पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने १ सय ५१ सदस्यीय एक सदनात्मक व्यवस्था गर्नुपर्ने, संविधानको प्रस्तावनाप्रति प्रतिबद्ध रहेर प्रदेशको संरचना घटाएर समन्वयकारी निकायको रूपमा परिणत गर्नुपर्ने, ७ सय ५३ वटा स्थानीय तहको संख्या घटाएर ३ सय ५० मा झार्नुपर्ने तामाङको भनाइ थियो ।

आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्