फोहोर व्यवस्थापनमा मध्यपुरको सफलता



१४ फागुन २०७६, काठमाडौं

घरबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या भइरहेका बेला मध्यपुर थिमि नगरपालिकाले फोहोरलाई वरदान सावित गराएको छ ।

जापानी प्रविधिबाट बिनारसायन प्रयोग गरी कुहिने फोहोरलाई स्थानीय स्तरमा नै प्राङ्गारिक मल उत्पादन गरी फोहोर व्यवस्थापन गरिएको हो ।

नगरपालिका–४ स्थित विष्णुकुण्ड क्षेत्रको चार रोपनी सार्वजनिक जमिनमा जापानी प्रविधिको कम्पोस्ट मल उत्पादन केन्द्र निर्माण गरिएको छ ।

एक किलो फोहोरबाट एक किलो नै प्राङ्गारिक मल उत्पादन गर्न सकिने र प्रतिकिलो मलको ५० रुपियाँमा धमाधम बिक्री भइरहेको छ ।

दुई वर्षअघि सुरु गरिएको जापानी कम्पोस्ट प्रविधिबाट बनाइएको प्राङ्गारिक मलको फोहोर व्यवस्थापन अहिले सफल सावित भएको मध्यपुर थिमि नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको आर्थिक लगानी र रिकिसि प्रा.लि.को प्राविधिक सहयोगमा अर्गानिक मल उत्पादन गरिएको खबर आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्