
१४ फागुन २०७६, काठमाडौं
कुरा बामदेव गौतम प्रधानमन्त्री बन्ने रहरबाट सुरु हुन्छ, जुन रहर उनको मनमा २०७४ को प्रतिनिधिसभाअघि तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र २०७१ मा तत्कालिन एमालेको नवौं महाधिवेशनका बेला केपी शर्मा ओलीले भरिदिएका थिए ।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि गौतमको प्रधानमन्त्री बन्ने चाहना भने अधुरै रह्यो ।
२०७५ यताको सार्वजनिक रेकर्ड मात्रे केलाउँदा पनि गौतमले प्रधानमन्त्री बन्नका लागि १४ पटक प्रयास गरेको देखिन्छ । सेरेमोनियल राष्ट्रपतिलाई संकटकालिन अधिकार शिर्षकमा आजको कान्तिपुर राष्ट्रिय दैनिकमा बिनु सुवेदीको समाचार छापिएको छ ।





