ट्रस्टको जग्गा भाडा पूर्वसरकारहरुबाटै



१४ फागुन २०७६, काठमाडौं

नेपाल ट्रस्टको जग्गा भाडा विवाद बढिरहेका बेला यससम्बन्धी ठूला निर्णय पूर्ववर्ती सरकारहरुबाटै भइसकेको पाइएको छ ।

सरकारले नेपाल ट्रस्टका नाममा रहेका चल–अचल सम्पत्तिबारे श्वेतपत्रमार्फत मंगलबार विवरण सार्वजनिक गरेको हो । ट्रस्टका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलले जग्गाको विवरण प्रस्तुत गरे ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पालामा दरबारमार्गको जग्गा लिजमा दिएको । शेरबहादुर देउवाको पालामा सोल्टी आउटर कम्प्लेक्स लिजमा दिएको । सुशील कोईरालाको पालामा भाडा र लिजमा लगाउने निर्णय भएको । बाबुराम भट्टराईको पालामा १ सय ७३ रोपनी जग्गा नामसारी भएको विवरणसहित आजको अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकमा सुरेन्द्र काफ्लेको समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्