
१४ फागुन २०७६, काठमाडौं
चीनको हुवेई प्रान्तबाट सुरु भएको कोरोना भइरस (कोभिड–१९) को त्रास पछिल्लो समय विश्वभर फैलिएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ ।
नेपाल आवतजावत गर्ने क्रममा रोग भित्रिन सक्ने भएकाले नेपाल जोखिममा रहेको भन्दै सतर्कता अपनाउन थालिएको हो ।
विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले दक्षिण कोरिया र नेपालबीच हवाई आवतजावत भएकाले नेपाल पनि जोखिममा रहेकाले सकर्तता अपनाउन थालिएको जानकारी दिए ।
हाल नेपालमा कोरोना संक्रमण नभएको उनले स्पष्ट पारे ।
पछिल्ला दिनमा दक्षिण कोरियामा फैलिएको कोरोनाबाट नौ जनाको मृत्यु भएको छ भने सयौ जना संक्रमित भइसकेका छन् ।
यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन् ।





