
१४ फागुन २०७६, काठमाडौं
सरकारले नेपाल ट्रस्टबाट हडपेर ब्यक्तिका नाममा दर्ता गरिएका काठमाडौंका विभिन्न स्थानमा रहेका कुल १ सय ७२ रोपनी १५ आना जग्गा पुनः ट्रस्टमै फिर्ता ल्याउने प्रकृया सुरु गरेको छ । उपप्रधानमन्त्री तथा नेपाल ट्रस्ट सञ्चालक समितिका अध्यक्ष ईश्वर पोखरेलले मंगलबार नेपाल ट्रस्ट सम्पत्ति ब्यवस्थापन सम्बन्धि तथ्य विवरण (श्वेत पत्र) सार्वजनिक गर्दै यस्तो जानकारी गराएका हुन ।
ब्यक्तिका नाममा दर्ता भएका जग्गा फिर्ता गर्ने प्रकृयास्वरुप अहिले सरकारले त्यसरी हडपिएका जग्गा खरिद विक्रीमा रोक लगाएको छ । यसैगरि सरकारले विभिन्न तरिका अपनाएर नेपाल ट्रस्टको जग्गा ब्यक्तिका नाममा दर्ता गर्ने कार्यमा संलग्न विभिन्न ब्यक्तिलाई पनि कारबाही गर्ने भएको छ ।
आजको राजधानी राष्ट्रिय दैनिकमा मधुजंग पाण्डेको समाचार छापिएको छ ।





