‘इन्गेजमेन्ट हुनुभन्दा अगाडी डराएकी थिए’ : आँचल शर्मा



१३ फागुन २०७६, काठमाडौँ

नायिका आँचल शर्माले हिजोमात्र आफ्ना प्रेमी उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरिन् । राजधानीको एक पार्टी प्यालेस मा निकै नै धुमधामसँग आँचलको इन्गेजमेन्ट सम्पन्न भयो ।

आँचल र उदिपले यहि फागुनको अन्तिमसम्ममा विवाह गर्ने बताएका छन् । उनीहरुले चैत्रको १ गते रिसेप्सन पार्टीको आयोजना गर्ने पनि बताएका छन् ।

यस्तै आँचलले इन्गेजमेन्ट भैसकेपछि आफ्नो अनुभवन सुनाएकी छिन् । उनले इन्गेजमेन्ट आज हुदैँछ भन्ने थाहा पाएपछि आफ्नो आखाँबाट आँशु आएको बताइन् । साथै उनले सुरुमा आफूलाई डर लागेको पनि बताइन् ।

तर अहिले भने उनी निकै खुसी छिन् । उनले इन्गेजमेन्ट भएको दिन आफ्नो लागि निकै विशेष भएको बताइन् । आँचल र उदिप करिब डेढ बर्षदेखि एकअर्काको प्रेममा छन् ।

प्रतिक्रिया दिनुहोस्